सुदूरपश्चिमका २६ तेक्वान्दो खेलाडीको कोरोना बिमा
शनिबार, २० भाद्र २०७७खेलपाटी संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले आफ्नो प्रदेशका २६ खेलाडीको कोरोना बिमा गरेको छ ।
संघका अध्यक्ष सुबाश शाहीले शनिबार प्रेस विज्ञप्ति निकाल्दै प्रदेशका उदयमान २६ खेलाडीको कोरोना बिमा गरिएको जनाएका छन् ।
संघले खेलाडीको प्रति व्यक्ति १ लाखको कोरोना बिमा गरेको जनाएको छ ।
एनएलजी इन्सुरेन्स कम्पनीबाट खेलाडीको कोरोना बिमा गरिएको हो ।
विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै आफ्ना खेलाडीको बिमा गरिएको संघले जनाएको छ ।
यस अघि केन्द्रीय संघले राष्ट्रिय टिमको खेलाडीको कोरोना बिमा गरिसकेको छ ।
बिमा गरिएका खेलाडी -






-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)




-1788270833407.jpeg&w=3840&q=75)



