काठमाडौं । नेपालका कराते खेलाडी जगत सिंह धानुकले प्रथम अन्तर्राष्ट्रिय ईकाता तेन्शिकाँन करोते च्यम्पियनसिपमा रजत पदक जितेको छन् ।
तेन्शिकाँन सोतोकान–र्यु कराते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन् ।
उनले १९ वर्ष मुनि उमेर समूहमा रजत जितेका हुन् । सोहि स्पर्धामा उनले भारतका हुसेन र उदीपन दासलाई पछि पार्दै रजत पदक जितेका थिए । हुसेन र उदीपन दासले कास्य पदक जितेका थिए ।
भारतकै सस्कार शर्माले स्वर्ण पदक जिते । प्रतियोगिताको विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालबाट सहभागि हुने धानुक एक्ला खेलाडी हुन् ।