मंगलबार, १६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

निता र प्रेमलाई स्वर्ण, मुलपानी च्याम्पियन

सोमबार, १५ भाद्र २०७७खेलपाटी संवाददाता
निता र प्रेमलाई स्वर्ण, मुलपानी च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा  मुलपानी तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ ।

मुलपानी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसहित टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोश्रो भयो । समान १–१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १–१ स्वर्ण हात पारे ।

प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

यू–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता अस्मिन राउतले स्वर्ण जिते । स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे । चितवनका अब्बास खान (५.९६) ले रजत तथा चितवनकै सागर बराल (५.८३) र कैलालीका लक्ष्मण श्रेष्ठ (५.६३) ले कांस्य जिते ।

उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन् । चितवनकी जैनब खातुन (६.२०) दोश्रो तथा मुलपानीकी अस्मिता नगरकोटी (६.१३) र सुनसरीकी सुदेशना गुरुङ (५.७६) तेश्रो भए ।

यू–३१ पुरुष एकलमा प्रेम बहादुर लिम्बू शीर्ष स्थानमा रहे । १३ औं सागका कांस्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे । सेनाका दीपेन्द्र गुरुङ ६.५० अंकसाथ दोश्रो भए । दीपेन्द्र पनि १३ औं सागका कांस्य विजेता हुन् । मुलपानीका पुष्पप्रसाद गौतम (६.२०) तथा दोलखाका नोर्बु मोक्तान (५.९६) संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको महिलामा १३ औं सागका स्वर्ण विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमा सेनाकी निताले बाजी मारिन् । ६.७० अंकसाथ निताले स्वर्ण चुमिन् भने स्युचाटारकी सन्जिला ६.५६ अंकसाथ रजतमा सीमित भइन् । मुलपानीकी चन्दु शाही (६.१६) तथा दाङकी सुनिता विष्ट (५.४३) तेश्रो बने ।

पुरुष ४१ वर्षमाथि मुलपानीका मधुसुदन सापकोटाले स्वर्ण जिते । उनले ५.९० अंक प्राप्त गरे । ट्राभल व्यवसायी ४२ वर्षीय मधुसुदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न सुरु गरेका हुन् । कैलालीका आशिष चन्द (५.६०) दोश्रो तथा रुपन्देहीका विकास उदय (५.४६) र गैरीगाउँका सोभितमान गिरी (५.४६) तेश्रो भए । यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

Loading ad...
xTreme Energy Drink
एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा

बिच भलिबल टोली भुटान जाने

बिच भलिबल टोली भुटान जाने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

अञ्जिलाले बाढीपीडितलाई  दिइन् ४० हजार ४४४  रुपैयाँ

अञ्जिलाले बाढीपीडितलाई दिइन् ४० हजार ४४४ रुपैयाँ

साकाको गोलमा आर्सनलले एस्टन भिल्लालाई हरायो

साकाको गोलमा आर्सनलले एस्टन भिल्लालाई हरायो