काठमाडौं । अन्तर्राष्ट्रिय अनलाईन कराते च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले स्वर्ण पदक जितेका छन् ।
च्याम्पियनसिपमा सहभागिता जनाएका एभरेस्ट मार्सियल आर्ट्सका ३ खेलाडीले स्वर्ण पदक जितेका हुन् ।
यस्तै नेपालले ४ रजत र ४ कास्य पदक समेत जितेको छ ।
महिला यू-९ कुमुतेमा नेपालकी जुलियाना मोक्तानले स्वर्ण जितिन् ।
यस्तै महिलाको यू-१७ कातामा अनुभा मगराती र महिलाकै यू-१२ कातामा सुबिता गौतमले स्वर्ण जितिन् ।
रजत जित्नेमा महिला यू-१२ को कातामा नान्सी छेत्री , यू-९ पुरुष कातामा दिप्सन सापकोटा, सिनियर महिला कातामा रिना श्रेष्ठ र पुरुष यू-१७ कुमुतेमा अनुराग पाण्डे क्षेत्री रहेका छन् ।
त्यस्तै यू-१२ को पुरुष कातामा रुद्राक्ष देबकोटा, महिला यू-९ कुमुतेमा सुबिता गौतम, यू-१२ महिला मुकुतेमा प्राथना अग्रवाल र यू-२५ पुरुष कुमुतेमा जेमिन महर्जनले कास्य जिते ।
प्रतियोगितामा १४ देशका २०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।