शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. ‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’

‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’

२०२० अगस्ट २४, सोमबारनमीन ढकाल

‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’

काठमाडौं । कोभिड–१९ (कोरोना)बाट संक्रमित राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा बहादुर थापाले भाईरससंग लड्दा युद्ध जितेको महशुस भएको बताएका छन् ।

संक्रमित प्रशिक्षक बिगत १७ दिनदेखि घरमा एकान्तवासमा रहेका छन् । उनले स्वास्थ्यमा भाईरसको कुनै लक्षण देखा परेको छैन । उनले भाईरसको कुनै लक्षण देखा नपर्दा आफुलाई एउटा युद्धको लडाईमा सफल भएको अनुभुती सुनाए ।

सोमबार खेलपाटीसँग उनले भने, ‘मलाई केहि भएको छैन । म पहिलो जस्तो छु, त्यस्तै छु । मलाई ठिक भैसकेको छ । अहिले रोगलाई जितिसके जस्तो लाग्छ । एउटा युद्ध जितेको महशुस भएको छ ।’

हिरा २०६० साल यता राखेपमा कार्यरत छन् । उनी राखेपका करार प्रशिक्षक हुन् । कोरोना संक्रमण देखिएसँगै उनी स्क्वास भवनमै एकान्तबासमा छन् ।

हिरालाई साउन २५ गते कोरोना पोजिटिभ देखिएको हो । संघकै उपाध्यक्ष मनोज बहादुर श्रेष्ठलाई कोरोना देखिएसँगै हिराले स्टार हस्पिटलमा पुगेर स्वाव परिक्षण गराएका थिए । अनि उनमा कोरोना पुष्टि भयो ।

एकान्तवासमा रहेका हिराले क्वारेन्टिनमा बस्दा जेलमा बसेको जस्तो अनुभुती भएको उल्लेख गर्दै आफुले सबै सकारात्मक रुपमा लिएको उल्लेख गरे ।

‘क्वारेन्टिनको बसाई जेलको जस्तै हुने रहेछ । तरपनि मनमा त्यस्ता प्रकारका नकारात्मक सोच लिईन । दुई हप्ता क्वारेन्टिनमा बस्न पाए ठिक हुन्छु भन्ने थियो । सबैले मनोबल उच्च राख्न सुझाब दिनुभएको थियो । सफल भए ।’ ४५ सालयता व्यवसायीक रुपमा स्क्वासमा लागेका हिरा भन्छन् ।

घरमै एकान्तवासमा रहेका हिराको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । कोरोनाको कुनै लक्षण पनि छैन । न त उनलाई हस्पिटलमा लगिएको छ । उनले कुनै औषधि पनि लिएका छैनन् । हस्पिटलले फोनबाटै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिईरहेको छ ।

‘कुनै प्रकारको औषधी खाएको छैन । चेकअप गर्नुपरेको पनि छैन । हस्पिटलबाट आउनुपनि भनेको छैन । हस्पिटलबाट सम्पर्क गरिरहनु भएको छ ।’ हिराले भने ।

सुरुवातमा कोरोनबारे डरलाग्दा समाचार सुनेपनि आफु संक्रमित भएपछि खासै नराम्रो परिस्थितीको सामाना गर्नु नपरेको हिराको कथन छ ।

‘सुरुमा इटालीको कुरा सुन्दा भयानक हुन्छ, गाह्रो हुन्छ भन्ने सुनेको थिए । तर आफैलाई पोजिटिभ हुँदा खासै खतरनाक जस्तो हैन भन्ने लाग्यो । भाइरसले मलाई धेरै असर नगरेको पनि हुन सक्छ । खाना–पिन सहित दैनिक जिवनयापन सुरक्षित बनाए रोग आफै निको हुने रहेछ ।’ उनले आफ्नो अनुभव सुनाए ।

उनले संक्रमण जो कोहीलाई फैलन सक्ने भएकाले कसैमाथि भेदभाव नगर्न आग्रह गरे । उनले सबैलाई सतर्क रहेर बलियो आत्मबल बनाउन सुझाव दिए ।

‘यो रोगले मेरो र तेरो भन्दैन । सबैलाई सामान ब्यवहार गर्छ । लागेको छैन भने सतर्क रहौं । लागेको छ भने आत्माबल बलियो बनाउ ।’ उनले भने ।

हिराको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगितामा दुई कास्य जितेका थियो । टिम प्रतिस्पर्धातर्फ महिला र पुरुष दुवै टिमले नेपाललाई कास्य पटक जिताएका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली