काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपाल श्रीलंकासंग पराजित भएको छ ।
बिहिबार भएको वरीयता भिडन्तको खेलमा नेपाल श्रीलंकासंग ३ – १ को सेटमा पराजित भएको हो । १३ औं वरीयताको लागि भएको खेलमा नेपाल पहिलो सेट जितेर पनि श्रीलंकासंग पराजित भएको हो । नेपाललाई श्रीलंकाले २३ – २५, २५ – १६, २६ – २४ र २५ – २१ को सेटमा हरायो ।
नेपालले अब १५÷१६ औ वरीयताका लागि खेल्नेछ । नेपालले खेल्ने प्रतिद्वन्द्वी तय भएको छैन ।