काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत टेबल टेनिसमा नेपालका चार खेलाडी पराजित भएका छन् ।
बिहिबार महिला एकलतर्फ नेपालको नम्बर एक खेलाडी नविता श्रेष्ठ र स्वेच्छा नेम्बाङ पराजित भईन् ।
नविता अन्तिम ३२ को खेलमा हङकङकी होई केम डुसंग ४ – ० को सेटमा पराजित भईन् ।
यसअघि नविताले अन्तिम ६४ को खेलमा मकाउकी सुत फि तामलाई ४ – ३ को सेटमा हराएकी थिइन् ।
महिला एकलतर्फ नै स्वेच्छा अन्तिम ६४ को खेलमा मंगोलियाकी डोलजिन्जु बत्बायरसंग ४ – ० ले स्तब्ध भईन् ।
पुरुष एकलतर्फ नेपालका अमर लाल मल्ल र स्यान्टु श्रेष्ठ पहिलो खेलमै पराजित भए ।
अन्तिम ६४ को खेलमा अमर मंगोलियाका चीन्बाट एर्डेनेबायरसंग ४ – ३ को सेटमा पराजित भए । यस्तै स्यान्टु मकाउका चाङ छाई चेनसंग ४ – २ को सेटमा पराजित भए ।