काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय कार्यालय एक साता बन्द हुने भएको छ ।
कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि सावधानी अपनाउन सुचित गरेकाले कार्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।
ललितपुरको सातदोबाटोमा एन्फाको केन्द्रिय कार्यालय रहेको छ ।
एन्फाले ललितपुरबाटै फुटबल सम्बन्धि सम्पूर्ण प्रशासनिक कार्य गर्दै आएको छ ।
कोरोनाका कारण घरेलु फुटबलका सम्पूर्ण कार्यक्रम स्थगित अवस्थामा छन् ।
एन्फाले सोमबार मात्र फुटबल संघको बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको थियो ।
घरेलु फुटबलको सर्वोच्च निकाय एन्फा भाद्र ३ गतेसम्म बन्द रहनेछ ।
एन्फाले असहजताका कारण कार्यालय बन्द गर्नु परेको उल्लेख गर्दै असुविधाका लागि क्षमा मागेको छ ।