कराँतेको ओलम्पिक तयारी स्थगित

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकको तयारी गरिरहेका कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ ।
कोरोना भाईरसको महामारी बढ्दै गएपछि मंगलबारबाट कराँते खेलाडीहरुको प्रशिक्षण रोकिएको हो ।
कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति निकाल्दै एक साताको लागि प्रशिक्षण बन्द गरिएको जनाएका छन् ।
'केहि दिन अगाडी खेल क्षेत्रका व्यक्तिलाई संक्रमण भएको खबर आएको हुँदा नेपाल सरकारको निर्देशनलाई पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रशिक्षण केहि दिनका लागि बन्द गरिएको जानकारी गराउदछु ।' मुख्य प्रशिक्षक श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
आगामी वर्ष आयोजना हुने टोकियो ओलम्पिकका लागि कराँते टोलीले लकडाउन अघिबाटै तयारी गरिरहेको थियो ।
तर, लकडाउनपछि रोकिएको प्रशिक्षण गत असार ७ बाट पुन: सुचारु गरिएको थियो ।
प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी अनु अधिकारी र नविन रसाइली रहेका थिए ।
सन् २०२१ मा हुने टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


