काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा स्थगित भएको छ ।
एन्फाले सोमबार एक विज्ञप्ति निकाल्दै भदौमा भनिएको साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
एन्फाले साधारण सभा भदौ १५ गते गर्ने निर्णय गरेको थियो ।
तर, कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै साधारण सभा स्थगित गरिएको एन्फाले जनाएको छ ।
'कोभिड-१९ को संक्रमण दर बढ्न थालेको, समुदाय स्तरमै संक्रमण हुन सक्ने जोखिम देखिएकाले सरकारको संक्रमण रोकथाम गर्ने निकायबाट भेला, गोष्ठी, सम्मेलन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा भदौ १५ गते निर्धारण गरिएको एन्फाको १९ औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ ।