काठमाडौं । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवालेलेउपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउदै संघहरुको वर्गाीकरण गर्न आवश्यक रहेको बताए ।
सदस्य–सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बक्सिङका ओम्पियनत्रय राविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनलगायतको उपस्थिति थियो ।