एजेन्सी । ओलम्पिकका स्वर्णधारी केन्याली एथ्लेटिक्स खेलाडी कन्सेस्लस किप्रुटोलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
फ्रान्सको मोनाकोमा आयोजना हुने डाइमन्ड लिग अघि गरिएको परीक्षणमा किप्रुटोलाई कोरोना पोजेटिभ देखिएको हो ।
किप्रुटोले शनिबार आफुलाई कोरोना देखिएको बताएका छन् ।
कोरोना देखिएसँगै ३ हजार मिटर स्टीपलचेसका स्टार किप्रुटोले डाइमन्ड लिग गुमाउने छन् । डाइमन्ड लिग अगस्ट १४ मा आयोजना हुँदैछ ।
३ हजार मिटर स्टीपलचेसको विश्व च्याम्पियन समेत रहेका किप्रुटोले सन् २०१६ को ब्राजिल ओलम्पिकमा स्वर्ण जितेका थिए ।
२५ वर्षीय किप्रुटोले लण्डनमा भएको विश्व च्याम्पियनसिप र गत वर्ष दोहामा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।