शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कहाँ पुग्यो एन्फा कास्कीकाे प्रतिवेदन ?

शुक्रबार, साउन २३, २०७७बिक्रम बुढा क्षेत्री
कहाँ पुग्यो एन्फा कास्कीकाे प्रतिवेदन ?
Classic Tech Internet Ad

पोखरा । कास्की जिल्ला फुटबल संघको आर्थिक अनियमितता बारे छानबिन गर्न गठित समितीले साउन २ गते प्रतिवेदन केन्द्रमा बुझाएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघमा भएको अनियमितताबारे छानबिन गर्न उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वमा ३ सदस्यीय समिती पोखरा पठाएको थियो ।

उपाध्यक्ष खड्का, कास्की जिल्ला फुटबल संघका पुर्वअध्यक्ष आनन्द रञ्जित र विष्णु प्रसाद पराजुली सम्मिलित समितीले ११ दिन लगाएर छानबिन प्रतिवेदन तयार गरेको थियो ।

छानबिन सकेर पत्रकार सम्मेलन गर्दै संयोजक खड्काले १५ दिन भित्र निर्णय आउने बताएका थिए । तर प्रतिवेदन केन्द्रमा बुझाएको २१ दिन बितिसक्दा पनि कुनै निर्णय आउन सकेको छैन ।

एन्फा प्रवक्ता किरण राईले भदौ १५ भित्र कार्यसमितिको बैठक बसेर निर्णय आउने बताउँछन् । ‘अहिले प्रतिवेदनलाई एन्फाको कानुन र अर्थ शाखामा पठाइएको छ । राय मागिएको छ ।’ उनले भने ।

उनका अनुसार एक सातामा कानुन र अर्थ समितीबाट राय आएपछि छलफल गरेर एन्फाले निर्णय लिनेछ ।

‘अध्यक्ष (कार्मा छिरिङ शेर्पा) ले कानुन तथा अर्थ समितिमा राय बुझ्नका लागि पठाउनु भएको छ । अबको एक सातामा राय बुझिसक्ने छौ । राय आएसंगै विचार गरेर निर्णय सार्वजनिक हुनेछ ।’ उनले भने, ‘भदौ १५ मा साधारण सभा डाकिएको छ, त्यसअघिनै बैठक बसेर निर्णय आउनेछ ।’

छानबिन समितिका संयोजक खड्कानै निर्णय आउन भएको  ढिलाइका कारण बारे जानकार छैनन् ।

उनले प्रतिवेदनको बाँकी प्रक्रियाबारे निरन्तर जानकारी लिएको बताएपनि अन्यौलामा देखिन्छन् ।

संयोजक खड्काले एन्फा अध्यक्ष शेर्पा प्रतिवेदनबारे स्पष्ट हुन नसक्दा निर्णय लिन ढिलाई भएको बताउँछन् ।

‘निरन्तर फलो अप गरेको छु । अहिले एन्फा अध्यक्ष प्रतिवेदनबारे स्पष्ट नबन्दा ढिलाई भएको हो । उहाँले अरु शाखामा पत्राचार गरेको जानकारी पाएको थिए ।’ उनले सुनाए ।

छानबिन समितीले तत्काल जिल्लाको साधारण सभा गर्न, संघको हिसाब अडिट गर्न र तिर्न बाँकी रकम चुत्ता गर्न निर्देशन दिएको थियो । १५ दिन भित्र जिल्ला लिग बिजेतालाई पुरस्कार रकम दिन र अडिट रिपोर्ट तयार गर्न निर्देशन दिएको थियो ।

यसको प्रगति विवरण बारे उपाध्यक्ष खड्का खुल्न चाहेनन् ।

‘अडिट हुँदै छ, अहिले कोरोनाका कारण कठिन अवस्था भएकाले पनि ढिलाइ भएको हुन सक्छ ।’ उनले बताए ।

सुचना दिन आनाकानी

छानबिन समितीका संयोजक खड्का आफै सम्पूर्ण प्रक्रिया बारे जानकार हुनु पर्ने हो । तर खड्का भने निर्णय आउन लाग्ने समय र बाँकी प्रक्रिया अघि बढ्ने बिषयमा अन्यौलमा छन् ।

उनले बाँकी कुरा एन्फा महासचिव इन्द्रमान तुलाधरसँग बुझ्न भन्दै पन्छिन खोजे । एन्फा महासचिव इन्द्रमान तुलाधर भने यस बिषयमा बोल्न चाहेनन् । उनले एन्फा प्रवक्ता किरण राईसँग बुझ्न आग्रह गरे ।

छानबिन समिती सदस्यकै गुनासो

प्रतिवेदन बारे निर्णय सार्वजनिक नहुँदा छानबिन समितिका सदस्यले नै गुनासो पोख्न थालेका छन् । छानबिन समिती सदस्य तथा कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष आनन्द रञ्जितले आफुहरुले समयमै प्रतिवेदन बुझाएपनि निर्णय लिन ढिला गरिएको गुनासो पोखे । उनले छानबिनका बाँकी प्रक्रिया बारे आफुलाई स्पष्ट रुपमा जानकारी नआएको टिप्पणी गरे ।

उनले एन्फाले अहिले राष्ट्रिय टोलीको प्रशिक्षणका काममा जुटेकाले पनि ढिलाइ भएको हुन सक्ने बताए । एन्फा भित्रको आन्तरिक किचलोलेका कारण अध्यक्षलाई काम गर्न कठिन भएको हुन सक्ने उनको बुझाई छ ।

‘स्पष्ट जानकारी दिइएको छैन । समयमै प्रतिवेदन बुझाएका थियौं । बाँकी काममा एन्फा जुटेकाले ढिलाइ भएको हुन सक्छ । आन्तरिक विवादले पनि केही हदसम्म रोक्यो होला ।’ उनले भने ।

प्रतिवेदनको एक प्रतिलिपी आफुलाई उपलब्ध गराउने बाचा संयोजकले गरेपनि अहिलेसम्म आफुहरुलाई प्राप्त नभएको उनको गुनासो छ । उनले छानबिन प्रतिवेदनमा काम गरेको पारिश्रमिक नपाएको समेत गुनासो पोखे ।

एन्फा प्रवक्ता किरण राईले भने अहिले कोरोना भाइरसका कारण कठिन परिस्थितिमा एन्फाबाट हुनु पर्ने बाँकी कामहरु समयमै गर्न कठिन भएको बताउँछन् । उनले प्रतिवेदनबारे लिईने निर्णयमा अनुमानको भरमा शंका नगर्न अनुरोध गरे ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा