राखेप उपाध्यक्ष र सदस्य सचिवलाई नासाको बधाई
.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवाललाई बधाई तथा शुभकामना दिएको छ ।
नासाको राखेप हातामा एक कार्यक्रमको आयोजना गर्दै राखेप उपाध्यक्ष, सदस्य सचिवसहित सदस्य गोविन्द भट्टराई र सुवास श्रेष्ठलाई कार्यकालको शुभकामना दिदै बधाई दिएको हो ।
कार्यक्रममा नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष सुशील तण्डुकार, महासचिव आशिष गजुरेल, सचिव निरज खडका क्षेत्रि, अनिल बराल लगायतले उनीहरुलाई बधाई पत्र दिएका थिए ।
बधाई कार्यक्रममा सदस्य सचिव सिलवालले पर्वतीय तथा शाहसिक खेलकुदको मध्यमबाट दिगो पर्यटकीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै आगामी २०२२ सम्ममा एडभेन्चर स्पोर्ट्स फेस्टिवलको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, उपाध्यक्ष कोइरालाले बिगतमा खेलकुदको क्षेत्रमा भएका कमि कमजोरी तथा त्रुटीलाई औल्याउदै सुधारका लागि आवश्यक कदम अगाडी बढाई दिगो खेलकुदको विकास गरि, नेपालको भौगोलिक अवस्था अनुसारको खेललाई जोड गरि नेपालको शाहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।
बोर्ड सदस्य भट्टराईले नेपालमा दिगो खेलकुद गतिविधिहरुको अध्ययन तथा कार्यक्रम संचालनमा जोड दिनुका साथै खेलकुद मार्फत दिगो विकास लक्ष्यको लागि सहकार्य गरिने बताए ।












-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)

