काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ (यूनियन) का पदाधिकारी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन् ।
द्वारिका खयरमली, कृष्ण सिंह कपालीसहित पाँच जना पदाधिकारी युनियन छाडेर शनिबार तेक्वान्दो संघमा प्रवेश गरेका हुन् ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा तथा सघंका पदाधिकारीहरुले नव प्रवेशीलाई स्वागत गरेका थिए ।
उक्त अवसरमा संघका अध्यक्ष राणाले बाटो बिराएर युनियनमा लाग्ने सम्पूर्ण तेक्वान्दो प्रेमीलाई संघमा गोलबन्ध हुन आह्वान गरेका थिए ।
संघका महासचिव दिपराज गुरुङले नेपालको तेक्वान्दो खेल विकाशमा नवप्रवेशीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा संघ विश्वस्त रहेको बताए ।