काठमाडौं । चितवन जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित बनेका खेलाडीलाई राहत वितरण गरेको छ ।
संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोरोना प्रभावित ३२ महिला र पुरुष खेलाडीलाई राहत वितरण गरेको हो ।
संघले ३२ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आएको सहयोग र बाँकी संघले जुटाएर खेलाडीलाई वितरण गरेको हो ।
कोरोनाबाट प्रभावित जिल्ला संघ र क्लबलाई एन्फाले ७५ हजारका दरले राहत वितरण गरेको थियो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आएको १ लाख डलरबाट एन्फाले जिल्ला र क्लबलाई सहयोग उपलब्ध गराएको थियो ।