रुसको सदस्यता खारेज गर्ने विश्व एथ्लेटिक्सको चेतावनी
शुक्रबार, साउन १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व एथ्लेटिक्सले रुसलाई एन्टी डोपिङ उल्लंघनको जरिवाना नतिरेमा सदस्य राष्ट्रबाट हटाउने चेतावनी दिएको छ ।
विश्व एथ्लेटिक्सले रुसलाई जरिवाना तिर्ने डेडलाइन दिदै सदस्यता खारेज गर्ने चेतावनी दिएको हो ।
रुसलाई विश्व एथ्लेटिक्सले अगस्ट १५ भित्र ६ दशमलव ३१ मिलियन अमेरिकी डलर जरिवाना बुझाउन निर्देशन दिएको छ ।
एन्टी डोपिङको नियम उलंघन गरेपछि रुसको एथ्लेटिक्स फेडेरेसन सन् २०१५ बाट निलम्बित अवस्थामा रहेको छ ।
रुसका एथ्लेटिक्स खेलाडीहरु ठुलो मात्रामा डोपिङमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सीले रुसलाई निलम्बन गरेको थियो ।
यता, रुसका खेलकुद मन्त्री ओलेगले अगस्ट मध्येसम्ममा जरिवाना तिरिसक्ने बताएका छन् ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)