बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपमा ६ जना बोर्ड सदस्य मनोनयन

बिहिबार, १५ श्रावण २०७७खेलपाटी संवाददाता
राखेपमा ६ जना बोर्ड सदस्य मनोनयन
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका छन् ।

बिहिबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् ।

मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट र ईन्दिरा निरौलालाई मनोनयन गरेका छन् ।

नयाँ ऐनले खेलकुद बिज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ बिज्ञबाट कम्तीमा एक जना महिला सहित दुई जना मनोनित गर्ने व्यवस्था गरेको छ ।

दुवै जना सदस्य सचिव सिफारिस समितिमा मन्त्रालयबाट बिज्ञको रुपमा सदस्य रहेका थिए । दुवै जनालाई बिज्ञको रुपमा मन्त्री विश्वकर्माले बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

यस्तै, राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ ।

ऐनमा राष्ट्रिय संघको सिफारिसमा कम्तीमा दुई महिला सहित ५ जना सदस्यमा मनोनित गर्न पाउने व्यवस्था छ ।

यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिको रुपमा गोविन्द्र प्रसाद भट्टराईलाई मनोनयन गरेका छन् । उनी उच्च पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् ।

ऐनले साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट एक जना मनोनित गर्न पाउने ब्यवस्था गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ ।

मन्त्रालयको सिफारिसमा यसअघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।

नयाँ ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ ।

परिषद्का अध्यक्ष मन्त्री विश्वकर्माले बिहिबारको मितिबाट लागू हुने गरि राखेप सदस्यमा मनोनित गरेका हुन् ।

उनले अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यको मनोनयनलाई समेत चाँडै पूर्णता दिने क्रममा रहेको खेलपाटीलाई जानकारी दिएका छन् ।

राखेपको बोर्डको अध्यक्षमा खेलकुद मन्त्रालयका मन्त्री र खेलकुद क्षेत्रमा विशिष्ट योगदान गरेका उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।

यस्तै, परिषद्को सदस्यमा खेलकुद मन्त्रालयका सचिव र शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव वा निजले तोकेको सोही मन्त्रालयका सह सचिव रहने व्यवस्था गरेको छ । यस्तै, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको खेलकुद हेर्ने प्रमुख परिषद्को सदस्यमा रहनेछन् ।

यस्तै, विश्वविद्यालयका खेलकुद विभाग प्रमुख, खेलकुद मन्त्रालयका महाशाखा प्रमुख, सातै प्रदेशका खेलकुदका कार्यकारी प्रमुख तथा खेलकुदमा योगदान गरेका सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट तीन महिला सहित ९ जना परिषद्को सदस्यको रुपमा आउनेछन् ।

यस्तै, खेलकुद बिज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ बिज्ञबाट कम्तीमा एक जना महिला सहित दुई जना तथा ओलम्पिक कमिटिबाट सिफारिसमा दुई जना परिषद्को सदस्यमा मनोनित हुनेछन ।

यस्तै, राष्ट्रिय संघको सिफारिसमा कम्तीमा दुई महिला सहित ५ जना, उधोग बाणिज्य महासंघका प्रतिनिधि र साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट एक जना सहित परिषद्का सदस्य सचिव बोर्डको सदस्य सचिवमा रहने व्यवस्था ऐनले गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा