काठमाडौं । नवलपुर जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित बनेका खेलाडीलाई राहत वितरण गरेको छ ।
जिल्ला फुटबल संघले कावासोतीमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको हो ।
कावासोती नगरपालिकाकी उपप्रमुख प्रेम शंकर मर्दनीयाको प्रमुख आतिथ्यतामा खेलाडीलाई राहत वितरण गरिएको थियो ।
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनाबाट प्रभावित जिल्ला, क्लब र संघलाई ७५ हजारका दरले राहत वितरण गरेको थियो ।
कोरोनाबाट प्रभावित एन्फालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १ लाख डलर उपलब्ध गराएको थियो ।
सोही रकम एन्फाले आफ्ना सदस्य जिल्ला, क्लब र संघलाई वितरण गरेको थियो ।