काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोईरालाले खेलकुदलाई गुणात्मक रुपमा विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार राखेपको केन्द्रिय कार्यालयमा पदभार ग्रहण लगत्तै उपाध्यक्ष कोईरालाले पछिल्लो समय खेलकुद क्षेत्रले फड्को मारेको उल्लेख गर्दै त्यसको गुणात्मक रुपमा विस्तार गर्न सकिने बताएका हुन् ।
उनले सामुहिक नेतृत्व अनुसार आगामी यात्रामा अघि बढ्न चाहेको बताए ।
‘खेलकुदसंग जोडिएका सबैसंग सहकार्य गर्न तयार छु । सामुहिक नेतृत्वबाट आगामी यात्रा अघि बढाउन चाहन्छु ।’ उनले भने ।
मन्त्रीपरिषद्को गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राखेप उपाध्यक्षमा कोईरालालाई नियुक्त गरेको थियो ।
कोईराला सत्तारुढ दल नेकपाको खेलकुद महासंघका सह–संयोजक हुन् । उनी राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष समेत हुन् ।
शपथ ग्रहण गर्दै समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष कोईरालाले खेलकुद क्षेत्र विगत भन्दा फरक गर्ने उद्धेश्यक सहित राखेपले काम कारबाही अघि बढाउने बताएका थिए ।
उनले सामुहिकतामा खेलकुद क्षेत्रलाई अघि बढाउने प्रण गर्दै कम आलोचना सहित आफुहरुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।