काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले सुशासन र पारदर्शीताको पक्षमा आफुले वकालत गर्ने बताएका छन् ।
दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएपछि बुधबार पदभार ग्रहण गर्दै सिलवालले अनियमितता र भ्रष्टाचारको सवालमा भ्रंम नपाल्न अनुरोध गरेका हुन् ।
‘मेरो बारेमा भ्रंम नपाल्न अनुरोध गर्छु । पारदर्शी ढङ्गले काम गर्छु । मेरा लागि अख्तियार र मुद्धा मामिलामा जानु पदैन ।’ पत्रकार सम्मेलनमा सिलवालले भने ।
१३ औं सागको आयोजना र सञ्चालनमा आर्थिक अनियमितता भएको भन्दै सिलवालबिरुद्ध अख्तियारमा उजुरी परेको छ । दोस्रो पटक सदस्य सचिवमा नियुक्ति हुने समय समेत सिलवालबिरुद्ध अख्तियारमा उजुरी परेको भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन माग गर्दै केहीले युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दिएका थिए ।
‘सुशासन र पारदर्शीताको पक्षमा वकालत गर्नेछु । खेलकुदमा लागेका ब्यक्तिको ईज्जत प्रतिष्ठन बृद्धि गर्ने बाटो बनाउछु । खेलकुदलाई आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु । खेलकुद क्षेत्रलाई गर्व गर्ने अवस्था बनाएर बिदा हुनेछु ।’ सिलवालले भने ।
उनले परिषद्मा पैसा कमाउन र भ्रष्टाचार गर्न नआएको उल्लेख गर्दै केही नराम्रो भए तथ्य प्रमाण सहित छलफलमा आउन चुनौती दिए ।
‘पैसा कमाउनु र भ्रष्टाचार गर्न आएको हैन । केही नराम्रो कुरा भए तथ्य प्रमाण सहित आउनुस । नराम्रो कुरा उजागर गरिदिनुस । उचित सल्लाह र सुझाव दिनुस ।’ उनले भने, ‘अरुको खुट्टा तानेर हाईट बढ्दैन । त्यस्तो भ्रंम कसैले नपाल्नुहोस ।’
उनले अनियमितताको बिषय भए तथ्य, प्रमाण सहित पेश हुन अपिल गर्दै अध्यारोमा ढुङ्गा नहाल्न चुनौती समेत दिए ।
उनले खेलकुदमा काम गर्न थुप्रै क्षेत्र रहेको उल्लेख गर्दै पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको बताए ।
‘धेरै संघका खेल मैदान र कभर्ड हल छैन । खेलकुदको विकास गर्ने हो भने मैदान र कभर्डहल बनाउनुपर्छ । केन्द्र, सबै प्रदेश र सबै स्थानीय तहमा पूर्वाधार बनाउनपर्छ । अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुने खालको पूर्वाधार बनाउनपर्छ । यसका हाम्रो टिमको प्रतिबद्धता छ ।’ सिलवालले भने ।
उनले खेलाडीलाई नियमित प्रशिक्षण गर्ने र प्रशिक्षकको स्तर वृद्धिमा काम गर्ने बताए । खेल संघलाई योजनाबद्ध तरिकाले काम गर्ने वातावरण बनाउने उल्लेख गर्दै राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई दण्डको ब्यवस्था गरिने बताए ।
उनले छलफलको क्रममा रहेको कर्मचारीको बढुवा र स्थायीत्वको बिषयलाई चाँडै समाधान गरिने उल्लेख गरे ।
‘समिति गठन गरेर गएको थिए । त्यसको सुझाव समेत लिएको छु । समितिसंग छलफल गरेर कर्मचारीको बढुवा र स्थायीत्वको पहल गर्छु । धेरै कर्मचारी समायोजन गर्न पर्नेछ । यो बर्ष भित्र समायोजन सक्नेछु ।’ सिलवालले भने ।
उनले केही दिन भित्रमा घरेलु खेलकुद फर्कने उल्लेख गर्दै स्वास्थ्यको संवेदनसिलता र खेलकुदलाई मर्न नदिने गरि खेलाडीलाई चाँडै मैदान फर्काउन पहल गरिने बताए ।