काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाई गरेको छ ।
संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नविन कुमार श्रेष्ठ, प्रवक्ता दिपक बिष्टसहित १२ पदाधिकारीको विदाई गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यन्वयनमा आएसँगै उनीहरुले संघबाट राजीनामा दिएका थिए ।
नयाँ ऐनले राष्ट्रिय खेलकुद परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।
जसको कारण उनीहरुले संघबाट राजीनामा दिएका थिए । उनीहरुको राजीनामा स्वीकृती गर्दै संघले पदाधिकारीको विदाई गरेको हो ।
राजीनामा बुझाउनेमा सचिव श्रेष्ठ, सचिव तथा प्रवक्ता विष्ट र सह–कोषाध्यक्ष सुमन कुमार घले रहेका छन् । यस्तै सदस्यहरु टिका प्रसाद लिम्बु, संगीना बैद्य, नोर्बु ;लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योन्जन, कविराज खड्की, हिरा बहादुर थापा र मिन न्यौपाने रहेका छन् ।
उनीहरुलाई विदाई गर्दै संघका प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागि अनुरोध गरेका थिए ।
संघका महासचिव दीपराज गुरुङले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गरे ।