एजेन्सी । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन बक्सिङ रिङमा फर्कने भएका छन् ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कने भएका छन् ।
टाइसन अमेरिकाको लस एन्जलसमा आयोजना हुने एक प्रदर्शनी फाइटका लागि रिङ फर्कने भएका हुन् ।
उनले प्रदर्शनी फाइटमा चारवटा तौल समूहमा विश्व च्याम्पियन बनिसकेका रोय जोन्स जुनियरसँग प्रतिस्पर्धा गर्ने छन् ।
उक्त प्रदर्शनी फाइट सेप्टम्बर १२ मा हुनेछ ।
टाइसनले व्यवसायिक रुपमा सन् २००५ मा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए ।
यस्तै ५१ वर्षका जोन्सले पछिल्लो पटक सन् २०१८ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए।