शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. विवाद मिलाउन एन्फा प्रदेश एकको टिम केन्द्रमा

विवाद मिलाउन एन्फा प्रदेश एकको टिम केन्द्रमा

२०२० जुलाई २३, बिहिबारनमीन ढकाल

विवाद मिलाउन एन्फा प्रदेश एकको टिम केन्द्रमा

काठमाडौं । पछिल्लो समय उत्कर्षमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद मिलाउन प्रदेश नम्बर एकको फुटबल टोली काठमाडौं आएको छ ।

अध्यक्ष कर्मा छिरिङ शेर्पा र बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङबीच बढ्दै गएको विवाद समाधान गर्न भन्दै केन्द्रका मानार्थ उपाध्यक्ष तथा प्रदेश एकका अध्यक्ष समेत रहेका किशोर राई नेतृत्वको टिम केहि दिनदेखि काठमाडौंमा छ ।

‘छलफल चलिरहेको छ । प्रयास गरिरहेका छौं । दुबै तर्फका कुरा सुनिरहेका छौं । सकारात्मक रुपमा कुरा अगाडि बढेको छ । एक अर्कालाई सहयोग गरेर जाने भन्ने कुरा छ । दुबै तर्फबाट सकारात्मक कुरा आएको छ ।’ सह–महासचिव तथा प्रदेश एकका प्रतिनिधि बसन्त अर्यालले खेलपाटीसंग भने ।

बरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग झापा जिल्लाका प्रतिनिधि हुन् । पछिल्लो समय नेम्वाङ्गले केन्द्रिय अध्यक्ष शेर्पाबिरुद्ध फरक मत राख्दै आएका छन् । केन्द्रिय अध्यक्षसंग तिव्र मतभेद देखिएसंगै प्रदेशिक फुटबल संघले समस्या समाधानको अग्रसरता लिएको हो ।

पछिल्लो समय वरिष्ठ उपाध्यक्षले नेतृत्वविरुद्ध फरक मत राख्दै आईरहेका छन् । एक अनलाईन अन्तरवार्तामा मधेशमा सञ्चालित ग्रासरुटको बिषयमा विवादास्पद टिप्पणी गरेपछि एन्फा अध्यक्ष समस्या र विवादमा तानिएका थिए ।

सो क्रममा वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले अनुसन्धानका लागि अध्यक्ष शेर्पाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने मत राखेका थिए । उनले अध्यक्ष शेर्पाले गरेको विवादास्पद टिप्पणीलाई लिएर फुटबलको सर्बाेच्च संस्था (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)मा रिपोर्ट समेत गरेका थिए । त्यसअघि समेत उनले अध्यक्ष सहित केन्द्रिय कार्यसमिति बैठकको निर्णयमा फरक मत राख्दै आएका थिए ।

नेम्वाङ्ग आफुबिरुद्ध मोर्चाबन्दीमा लागेको निष्कर्श सहित शेर्पाले वरिष्ठ उपाध्यक्षलाई ‘माईनस’ गर्ने रणनीति अख्तियार गरेका थिए । शेर्पाले यसअघि नेम्वाङ्गले नेतृत्व गरेको जिल्ला समन्वय समिति र पदपूर्ति समितिको जिम्मेवारी खोस्दै उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष शिक्षित पराजुलीलाई दिएका थिए । यस्तै, नेम्वाङ्गको पक्षमा उभिदै आएका केन्द्रिय सदस्य दावा लामाको फुटसल कमिटिको संयोजक रत्न श्रेष्ठलाई नियुक्त गरेका थिए ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षको विवाद उत्कर्षमा पुगेर वारपारकै अवस्था सिर्जना भएपछि प्रादेशिक फुटबल संघले विवाद समाधानको पहल लिएको हो ।

शेर्पा र नेम्वाङ्ग एन्फा परिवर्तन आन्दोलनका सहयात्री हुन् । दुवै जनाले नेतृत्व गरेको अभियानले मुर्तरुप लिदै दुई दशक एन्फाको नेतृत्व गरेका गणेश थापाको फुटबल विरासतलाई ढालेको थियो ।

पारदर्शीता, सुशासन र सामुहिक नेतृत्व सहित करिब दुई बर्ष अघि एन्फा कब्जा गरेका दुवै जनामा पछिल्लो समय गम्भिर मतभेद देखिएको छ । एन्फा सञ्चालनका सम्बन्धमा शेर्पासंग नेम्वाङ्ग असन्तुष्ट रहदै आएका छन् ।

परिवर्तनका शक्ति मिलेर अघि जानुपर्ने मत प्रदेश नम्बर एकले राख्दै आएको छ । शेर्पा नेतृत्वको निर्वाचित प्यानललाई कायम राख्दै फुटबल राजनीति अघि बढाउनुपर्ने रणनीति प्रदेश नम्बर एकले अपनाएको देखिन्छ ।

आफुहरुको जिम्मेवारी खोसिएसँगै पंकज र दावा एन्फा जाननै आनाकानी गर्दै आएका छन् । प्रदेश एक सहजिकरणका लागि केन्द्रमा आएपनि दुवै जना छलफलमा नहुने संकेत गरेका छन् ।

‘प्रदेश टिम आएको सुनेको छु । खोसिएको पद फिर्ता ल्याउन पहल गर्ने सुनेको छु । पदनै खोसिएपछि के बार्ता गर्नु ! छलफलमा जानुपर्छ जस्तो लाग्दैन ।’ असन्तुष्ट मध्यका एक अधिकारीले खेलपाटीसंग भने ।

प्रदेश नम्बर एकको टिम केन्द्रमा आएपनि केन्द्रिय अध्यक्ष शेर्पा भने नेम्वाङ्गको बिषयमा छलफल गर्न र बैठक बस्न अनिच्छुक रहेको सम्बद्ध स्रोत बताउँछ । एन्फाका अधिकांश पदाधिकारी कोरोना र बाढि पहिरोको कारण उपत्यका बाहिर रहेकाले एन्फा अध्यक्ष तत्काल वार्ता गर्ने मुडमा छैनन् ।

एन्फा अध्यक्ष शेर्पासंग प्रदेश अन्तर्गतका जिल्लाका विधान र कार्यक्रममा छलफल सुरु भएपनि मुख्य बिषयमा संवाद अघि बढ्न सकेको छैन ।

‘अध्यक्ष निकट अधिकांश पदाधिकारी अहिले उपत्यका बाहिर छन् । अध्यक्ष सबैलाई संगै राखेर छलफल गरौ भन्ने जस्तो कुरा गर्नुभएको छ ।’ शेर्पा निकट एक पदाधिकारीले खेलपाटीसंग भने ।

विवाद समाधानको उद्धेश्य सहित केन्द्रमा आएको प्रदेश एकको टोलीले सबैसंग सामुहिक छलफल गर्ने योजना बनाएको छ । तर उपत्यका छिरेको तीन दिन बितिसक्दा पनि सहमतीको कुनै आधार भेटिएको छैन ।

‘दुबै टिमलाई राखेर कुरा गर्छौ । त्यसपछि आगामी बाटो तय हुन्छ ।’ प्रदेश एक प्रतिनिधि अर्यालले भने ।

एन्फा विवादमा वरिष्ठ उपाध्यक्ष एक्लो जस्तै देखिएपछि प्रदेश एकले कार्यसमितिको बैठक आह्वान गर्दै मध्यमार्गी प्रस्ताव अघि बढाएको थियो ।

बैठकले वरिष्ठ उपाध्यक्ष र सदस्य लामाको पद खोसिएकोमा गम्भिर ध्यानकर्षण भएको जनाउँदै विवाद समाधानका लागि केन्द्रिय नेतृत्वसंग पहल गर्न काठमाडौं जाने औपचारिक निर्णय गरेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई