पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आय–ब्यय सार्वजनिक गरिएको छ ।
बिहिबार गण्डकी प्रदेश फुटबल संघले पहिलो पटक आयोजना भएको प्रतियोगिताको आय–ब्यय विवरण सार्वजनिक गरेको हो ।
प्रादेशिक संघले प्रतियोगिता सकिएको झण्डै ६ महिनापछि हिसाब किताव सार्वजनीक गर्दै आम्दानी र खर्च बराबर भएको जानकारी दिएको छ ।
प्रादेशीक फुटबल संघले प्रतियोगिताको आय–ब्यय बराबर भएको बताएको हो ।
प्रतियोगिता संयोजक कृण्ण थापाले सुरुवाती चरणमा प्रतियोगिता सञ्चालन गर्न १ करोड खर्च हुने आकलन गरिएपनि ४० लाखमात्रै खर्च भएको खेलपाटीलाई बताए ।
‘कोरोनाको कारण आय–ब्यय विवरण देखाउन ढिला भएको थियो । सुरुवाती चरणमा १ करोड खर्च हुने अनुमान गरेका थियौ तर ४० लाखमै समापन भएको छ ।’ प्रतियोगिताको संयोजक तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले भने ।
उनले कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेका अध्यक्ष मिलन गुरुङ प्रतियोगिताको समय प्रहरी हिरासतमा रहेका कारण ब्यानरको पैसा उठाउन नपाएका बताए ।
प्रतियोगिता आयोजनाका लागि सामाजिक विकास मन्त्रालयबाट २० लाख रुपैयाँ र मुख्य मन्त्रीको कार्यालयबाट २० लाख प्राप्त गरेको संयोजक थापाले बताए ।
प्रतियोगिताको दौरान आफ्ना खेलाडीलाई आयोजकले बस्ने खाने सुविधा उपलब्ध नगराएको भन्दै जिल्ला अध्यक्ष मिलन गुरुङलाई प्रदेश माननीय दिपक मनाङेले हातपात गरेका थिए ।
दिपकसंगको झगडापछि जिल्ला अध्यक्ष मिलन विवादमा तानिएका थिए । घटनापछि उनी जिल्ला फुटबल संघको नेतृत्वमा रहेर आर्थिक अनियमितता गरेको खुल्न आएको थियो ।
साेही समय प्रतियोगिताका आयोजना गर्दै स्थानीय ब्यापारिलाई रकम नतिरेको भन्दै उनी प्रहरी हिरासतमा समेत परेका थिए ।
पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि लम्जुङले जितेको थियो ।