एजेन्सी । अमेरिकन ओलम्पियन धाविका डीजाह स्टिभन्सलाई १८ महिनाको प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धित औषधि प्रयोग ( एन्टी डोपिङ) परिक्षण नगरेपछि धाविका स्टिभन्सलाई १८ महिनाको प्रतिबन्ध लागेको हो ।
२५ वर्षीय धाविकाको प्रतिबन्ध १७ फेब्रुवरीबाट २०२१ को अगष्ट १६ सम्म रहेको छ ।
यस प्रतिबन्धसँगै २ सय मिटरकी धाविकाले आगामी वर्ष तय भएको टोकियो ओलम्पिक खेल्न नपाउने भएकी छिन् ।
एथ्लेटिक्स इन्ट्रीग्रिटि युनिटले सन् २०१९ को फेब्रुवरी, अगष्ट र नोभेम्बरमा स्टिभन्सले एन्टी डोपिङ टेष्ट नगरेको जनाएको छ ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
स्टिभन्सले प्रतिबन्धविरुद्ध अपिल भने गर्ने बताईएको छ ।