राखेप सदस्य सचिवमा २७ जनाको निवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि जम्मा २७ जनाले आवेदन दिएका छन् ।
सदस्य सचिव सिफारिस समितिको आह्वान अनुसार बिहिबार अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएकाे मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै गत बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।
समितिले कार्ययोजना सहित मन्त्रालयमा आफै उपस्थित भएर वा ईमेलमार्फत उम्मेदवार दर्ता गराउन आह्वान गरेको थियो ।
मन्त्रालयले तोकेको ७ दिनभित्र सदस्य सचिव पदका लागि जम्मा २७ जनाले निवेदन हालेका हुन् ।
उनीहरुल आफै उपस्थित भएर र ईमेलमार्फत दर्खास्त हालेकाे मन्त्रालयले बताएकाे छ ।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।
नयाँ ऐन अनुसार सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।
समितिले गत बिहिबार सदस्य सचिव छनोटको कार्यविधि बनाएर दर्खास्तकालागि आज (बिहिबार)सम्मको समय उपलब्ध गराएको हाे ।
सदस्य सचिवमा आदेवन दिनेमा ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, काठमाडौंका रवि राजकर्णिकार, काठमाडौंकै अचुतम लामिछाने, ललितपुरकी निलम सिंह बज्राचार्य, धादिङ्गका रमेशकुमार सिलवाल, झापाका मेघराज पौडेल रहेका छन् ।
यस्तै काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङ्गका विजयकुमार राई, काठमाडौंका सानुराजा केसी र किशोर शाही, ललितपुरका अन्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौंका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौंका राम पुडासैनी, ललितपुर सुनिल नकर्मी, काठमाडौंका रणबहादुर चन्द, मकवानपुरका दिपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य सचिव पदका लागि निवेदन दिएका छन् ।

अब के हुन्छ ?
प्राप्त निवेदनलाई सिफारिस समितिले गहन रुपमा अध्ययन गर्ने बताएको छ । समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व लिन सक्ने अवधारणाको पक्षलाई आधार मान्दै सम्भावित सदस्य सचिवको नाम छनोट गर्नेछ ।
कार्ययोजनाको अध्ययन गर्दा समितिले कुनै उम्मेदवारसंग थप स्ष्ट हुन चाहेमा बोलाएर छलफल गर्न सक्नेछ तर दर्खास्त दिएका सबै उम्मेदवारको अन्तरवार्ता भने नहुने समिति सदस्य रिम रानाभाटले खेलपाटीलाई बताए ।
प्रस्तुत कार्ययोजनाकै आधारमा समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ । बैठकबाट प्राप्त सोही नाम खेलकुद मन्त्रीले मन्त्रीपरिषद समक्ष सिफारिस गर्नेछन् ।
मन्त्रीपरिषद्ले प्रस्तावित नाम मध्य एक जनालाई चार बर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गर्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

