काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको नयाँ सदस्य सचिवका लागि नेपाल कुराँस संघका अध्यक्ष धुर्ब राज न्यौपानेले निवेदन दर्ता गराएका छन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन् ।
न्यौपाने २०७३ देखि ७६ सम्म काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रहेका थिए ।
खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि दरखास्त आव्हान गरे पश्चात उक्त पदका लागि न्यौपानेले निवेदन दिएका हुन् ।
स्नातक पास न्यौपाने लामो समयबाट नेपाली खेलकुदसँग जोडिदै आएका छन् ।
२०६४ सालमा उनी राष्ट्रिय खेलकुद परिषदबाट कपन गाउँ खेलकुद विकास कमिटिका प्रमुख रहेका थिए ।
नयाँ खेलकुद विकास ऐन असार १७ गतेबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ ।
मन्त्रालय स्रोतका अनुसार सदस्य सचिवमा विहीबारसम्म १७ जनाले उम्मेदवारी दिएका छन् ।