काठमाडौं । ब्रेन ट्युमरको सल्यक्रियासंगै क्यान्सरको उपचार गराईरहेका प्रशिक्षक रबिनकुमार राईलाई एथ्लेटिक्स परिवारले आर्थिक सहयोग गरेको छ ।
सल्यान स्थायी घर भई भक्तपुरमा उपचार गराईरहेका प्रशिक्षक राईलाई एथ्लेटिक्स परिवारले मंगलबार २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
असारको पहिलो साता ब्रेन ट्युमरको सल्यक्रिया गरेका प्रशिक्षक राईमा क्यान्सर देखिएको छ । उनीको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार भईरहेको छ ।
एथ्लेटिक्स प्रशिक्षक राईलाई सहयोग गर्ने उद्धेश्यले खेलकुद क्षेत्रका ब्यक्तिले आर्थिक सहयोग संकलन गरेका थिए ।
एथ्लेटिक्स संघका पूर्व महासचिव सुशिल नरसिंह राणाको अग्रसरतामा राजन खत्री सहितको टोलीले आर्थिक संकलन गरेको थियो ।
एथ्लेटिक्स परिवारले मंगलबार संकलित सहयोग रकम राईलाई हस्तान्तरण गरेको छ । साथै खेलकुद क्षेत्रको परिवारको राईको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मोफसलमा बसेर एथ्लेटिक्सका खेलाडी उत्पादनमा सक्रिय राईले २०५२ सालदेखि राखेपको सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा राईले योगदान दिदै आएको एथ्लेटिक्स परिवारले बताएको छ । दक्षिण एसियाली खेलकुद (साग)की पदकधारी खेलाडी पुष्पा भण्डारी प्रशिक्षक राईकै उत्पादन हुन् ।
याे पनि, एथ्लेटिक्स प्रशिक्षक राईलाई क्यान्सर, सहयोगको अपिल