काठमाडाै । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् ।
खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै ३३ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् ।
नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।
नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसगै राष्ट्रिय संघका आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन् ।
परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुँदा स्वार्थ बाझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नयाँ व्यवस्था गरेको हो ।
ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय खेलकुद संघलाई चलायमान बनाउन सुरुवाती चरणमै परिषद्लेनै कर्मचारीलाई विभिन्न संघमा पठाउने गरेको थियो । त्यस्तै विभिन्न राष्ट्रिय संघले खेलकुद गतिविधि सञ्चालनमा सहयोग पुग्ने भन्दै परिषद्का कर्मचारीलाई समावेश गर्दै संघ दर्ता गरेका छन् ।
राजीनामा दिने कर्मचारी तथा प्रशिक्षकको नामावली -