शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा

मंगलबार, २३ असार २०७७हिम बिक्रम केसी
राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा
Loading ad...
mustang rice ad

काठमाडाै‌ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् ।

खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै सोमबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् ।

नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसगै राष्ट्रिय संघका आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको छ ।

परिषद्का संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टेबल टेनिस संघ, नेपाल तड ईलमादो संघ, नेपाल ईकवेष्ट्रीन संघ, नेपाल हात्ती खेल संघको सदस्य पदबाट राजीनामा दिएका छन् ।

यस्तै, खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघबाट, प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जितकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ तथा नेपाल जोरशाने खेलकुद संघबाट राजीनामा दिएका छन् ।

यस्तै, खेलकुद बिकास विभाग प्रमुख डेमबहादुर बस्नेतले नेपाल सिन्दोकाई कान कराते संघ, नेपाल आर्चरी संघ, नेपाल ट्रायथलन संघबाट राजीनामा बुझाएका छन् ।

परिषद्का प्रचार प्रसार शाखाका नायब शुब्बा दामोदर अर्यालले नेपाल ट्रायथलन संघ र नेपाल फुटभली संघ, कराते प्रशिक्षक हरिबहादुर राउतले शारिरीक सुगठन तथा फिटनेश संघ, प्रशासन बिभागका प्रशासकिय अधिकृत भोजानन्द राईले नेपाल आईकिडो संघबाट राजीनामा दिएका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिका नायब सुब्बा डम्बरबहादुर नेपालीले नेपाल भलिबल संघ, संघ संस्था समन्वय शाखाका नायब सुब्बा टेककुमार राजभण्डारीले नेपाल भलिबल संघ, प्रशिक्षक जगदीश प्रसाद भट्टले नेपाल भलिबल संघ, प्रचार शाखाका नायब सुब्बा बासुदेव निरौलाले नेपाल पौडी संघ, प्रशिक्षक शंकर गौतम र सन्ध्या शाक्यले अखिल नेपाल टेबल टेनिस संघ, राष्ट्रिय टिम तयारीका लेखा अधिकृत बिकास बिक्रम शाहले नेपाल कुरास संघ तथा ब्याट्मिन्टन संघका उपमहासचिव लव श्रेष्ठले परिषद्बाट राजीनामा बुझाएका छन् ।

परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुदाा स्वार्थ बााझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नयाा व्यवस्था गरेको हो ।

परिषद्का संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले केन्द्र सहित जिल्लाभरका करिब २ सय कर्मचारी तथा प्रशिक्षकलाई नयाा ऐनले प्रभावित बनाउने खेलपाटीलाई बताए ।

‘ऐन कार्यान्वयनमा आएसंगै राजीनामा बुझाउने काम सुरु भएको छ । देशभरका करिब २ सय बढी कर्मचारी तथा प्रशिक्षक यसबाट प्रभावित बन्नेछन् ।’ उनले भने ।

ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेलकुद संघलाई चलायमान बनाउन सुरुवाती चरणमै परिषद्लेनै कर्मचारीलाई विभिन्न संघमा पठाउने गरेको थियो । त्यस्तै विभिन्न राष्ट्रिय संघले खेलकुद गतिविधि सञ्चालनमा सहयोग पुग्ने भन्दै परिषद्का कर्मचारीलाई समावेश गर्दै संघ दर्ता गरेका छन् ।

परिषद्कै कर्मचारी तथा प्रशिक्षक खेल संघमा आबद्ध हुादा खेलाडी तथा संघका गतिविधि प्रभावित हुने देखिएपछि ऐनले नयाा ब्यवस्था गरेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने