बुधबार, २३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाविरुद्ध अदालतमा अवहेलनाको मुद्दा

मंगलबार, २३ असार २०७७खेलपाटी संवाददाता
एन्फाविरुद्ध अदालतमा अवहेलनाको मुद्दा
Classic Tech Internet Ad

काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका हुन् ।

रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरिएको र त्यस मुद्दा विचाराधीन अवस्थामा रहेपनि एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको केसीले खेलपाटीलाई बताए । 

'हालसम्म पनि सम्मानित अदालतमा मुद्दा विचाराधिन अवस्थामा नै रहेको छ । यसरी अन्तरिम आदेशको सम्बन्ध छलफल नभएको र अन्तरिम आदेश कायम नै रहेको अवस्था अदालतको आदेशको मर्म र भावना विपरित गई विपक्षीले कार्य गरेकोले यस सम्मानित अदालतको अपहेलना भएको छ,' सर्वोच्चमा दर्ता गरिएको निवेदनमा भनिएको छ।

यस अघि केसीले माघ २१ गते रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

त्यसपछि माघ २९ गते एकेडेमीका सम्बन्धमा भए गरेका निर्णयहरु कार्यान्वयन नगर्नु-नगराउनु यथास्थितिमा राख्नु भनी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, एन्फाको गत माघ २६ गते बसेको कार्यसमितिको बैठकले एकेडेमीको सम्बन्धमा थप निर्णय गर्नु सर्वोच्च अदालतको आदेश विरुद्ध भएको निवेदनमा उल्लेख गरिएको छ ।

एन्फाको त्यस बैठकले एकेडेमीबारे ३ निर्णय गरेको थियो । जसमा निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकोले त्यसलाई स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैँया घेरा बार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैँयामा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने अर्को निर्णय गरेको छ ।

त्यस्तै सो बैठकले सो एकेडेमीमा ५७ लाख ८६ हजार ८ सय ३ रुपैयाँ लागतमा फर्निसिङका लागि भनि नयाँ टेन्डर आह्वान गर्ने निर्णय समेत गरेको थियो । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

Bajaj Pulsar Motorcycle Ad
पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा