काठमाडौं । रोल्पा आईटिएफ तेक्वान्दो संघले दोस्रो रोल्पा खुला जुनियर प्याट्रन भर्चुअल आईटिएफ तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघसँगको सहकार्यमा अनलाईन मार्फत प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।
यस प्रतियोगितामा आईटिएफका हरियो पेटि देखि रातो पेटि सम्मका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।
खेलाडीहरुले वन-ह्यो तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई वटा प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई असार १ गत्ते देखि असार २० गत्ते भित्र पठाउनु पर्नेछ ।
प्रतियोगिताको नतिजा असार २५ गते सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रोले ३५ सय र तेस्रोले २५ सय पाउने छन् ।