बुधबार, २३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल

सोमबार, २२ असार २०७७खेलपाटी संवाददाता
राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो ।

असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । उनी मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुन् ।

 राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

'मन्त्रालयले ऐन कार्यान्यनको सुरुवात गरेको छ । यसै सन्दर्भ राखेपको दैनिक कार्यहरु संचालनका लागि मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुखको हैसियतमा मलाई जिम्मेवारी तोकिएको छ,' कार्यवाहक सदस्य सचिव नियुक्त भएपछि ढकालले भने, 'राखेपको दैनिक प्रशासनिक कार्य सुचारु होस् भनेर सदस्य सचिवको पूर्णता नभईन्जेल सम्मका मलाई नियुक्त गरिएको हो ।' 

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिए ।

नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ ।

खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो ।

मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ ।

नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषद्मा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ ।

सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।

नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र तीस वर्ष उमेर पुरा भएको योग्यता राखिएको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

Bajaj Pulsar Motorcycle Ad
पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा