काठमाडौं । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थानमा हासिल गरेको छ ।
नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित कुल १८ पदक जित्दै तेस्रो स्थान हासिल गरेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।
भारत ११ स्वर्ण, ११ रजत र २५ कास्य सहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ कास्य जितेको ईरान दोस्रो भयो ।
ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो ।
अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन् ।
यस्तै सिनियर क्याटेगोरीमा पुरुष तर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत हात पारे ।
यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जितेका छन् ।