एजेन्सी । दक्षिण एसियाली राष्ट्र माल्दिभ्स फुटबल एसोसिएसनको अध्यक्षमा बासम अदिल जलिल निर्वाचित भएका छन् ।
मालेमा शुक्रबार भएको निर्वाचनबाट बासम दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
कोरोना भाईरसको महामारीबीच भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएसँगै बासमले ४ वर्ष माल्दिभ्स फुटबलको नेतृत्व गर्नेछन् ।
यस अघि उनले ४ वर्षको सफल कार्यकाल सम्पन्न गरेका थिए । उनको कार्यकालमा माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि चुमेको थियो ।
सन् २००८ मा पहिलोपटक साफ जितेको माल्दिभ्सले दोस्रो पटक २०१८ मा उपाधि जितेको थियो ।
यस्तै संघको उपाध्यक्षमा एक महिला अमिनाथ शानिजसँगै अलि उमर र हुसेन शाफिउ निर्वाचित भएका छन् ।
सदस्यहरुमा अहमेद शकिब, मोहम्मद शिफाइजु, मुफाभिज हाशिम, अहमेद नशिद र मिजाभियाथ खलिल निर्वाचित भएका छन् ।
कोरोनाको माल्दिभ्समा समेत फुटबल गतिविधि ठप्प रहेको छ । माल्दिभ्सले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट खेलिरहेको छ ।
कतार विश्वकप छनोटको समूह ए मा रहेको माल्दिभ्सले ५ खेलबाट ६ अंक बटुलेको छ । सिरिया, दक्षिण कोरिया, फिलिपिन्स र गुवाम सम्मिलित समूहमा माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
अर्काे दक्षिण एसियाली मुलुक भुटानमा समेत दोस्रो कार्यकालको लागि दाशो उगेन छिचुप निर्वाचित भएका छन् ।