काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत बक्सिङ स्पर्धामा नेपालका बिष्णु प्रसाद घले प्रि-क्वाटरफाइनलमा पराजित भएका छन् ।
आइतबार पुरुषको वेल्टरको ६९ केजी तौल समूहमा बिष्णु कतारका खेलाडी थुलसीमारन थारूमालिगमसंग अंकको आधारमा ५ - ० ले पराजित भए ।
पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ।
अब विमला श्रेष्ठले आजै प्रतिस्पर्धा गर्नेछन् ।
योसंगै नेपालका ६ खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यसअघि नेपालका तेज बहादुर देउवा, भुपेन्द्र थापा मगर, पुनम रावल,संगीता सुनार पराजित भईसकेका छन् ।