काठमाडौं । सरकारले संघीय संरचना अनुसार तयार गरेको राष्ट्रिय खेलकुद विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।
संघिय संसदको दुवै सदनको बैठकबाट पारित भईसकेको विधेयक राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जनाएको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ ।
संघीय संरचना अनुसार खेलकुदलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने सरकारको दाबी छ ।