काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाईरसबाट प्रभावित जिल्ला फुटबल संघ र क्लबहरुलाई पहिलो चरणमा १८ लाख ७५ हजार राहत वितरण गरेको छ ।
एन्फाले मंगलबार १३ जिल्ला संघ र १२ क्लबलाई १८ लाख ७५ हजार राहत वितरण गरेको जनाएको छ ।
एन्फाले १३ जिल्ला संघ र १२ क्लबलाई समान ७५/७५ हजार प्रदान गरिएको जनाएको छ ।
यस्तै एन्फाले अन्य जिल्ला संघ र क्लबलाई राहत रकम लिन फर्म दर्ता गराउन समेत आग्रह गरेको छ ।
राहत रकम विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आएको सहयोग भएको एन्फाले जनाएको छ ।