काठमाडौं । दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक जितेको छ ।
अन्तराष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ देखि १० सम्म आयोजना गरेको प्रतियोगितामा नेपालले ९ स्वर्णसहित चौथो स्थान हाँसिल गरेको हो ।
प्रतियोगितामा नेपालले ९ रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो ।
प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा संचालन भएको थियो ।
नेपालकी सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरे ।
मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक जित्न सफल भए ।
रजत पदक जित्ने खेलाडीहरुमा अनिल उपरकोटी, प्रजोल गुरुङ, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम र शोनि राई रहेका छन् ।
जोन तामाङ, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजनले कास्य जिते ।
प्रतियोगतिामा नेपाल सहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मारोक्को, बास्निया, इस्कोजिया, अलजेरिया, न्यूजरल्यण्ड र प्यलेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।