काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत बक्सिङ स्पर्धामा नेपालका भुपेन्द्र थापा मगर पहिलो चरणमै पराजित भएका छन् ।
शनिबार पुरुषको लाइट वेल्टरको ६४ केजी तौल समूहमा भुपेन्द्र जोर्डनका ओबाडा अल्कासबेहसंग अंकको आधारमा ४ - ० ले पराजित भए ।
यस्तै महिलातर्फ नेपालकी पुनम रावल पहिलो चरणमै पराजित भईन् । ६० केजी तौल समूहमा पुनम चीनकी खेलाडी याङ वेन्लुसंग ५ - ० पराजित भईन् ।
योसंगै नेपालका चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यसअघि पुरुष लाइट फ्लाई ४९ केजी तौल समूहमा तेज बहादुर देउवा लाओसका खेलाडीसंग पराजित भए ।
बक्सिङतर्फ नै शुक्रबार नेपालकी संगीता सुनार ५७ केजी तौल समूहमा पराजित भएकी थिइन् ।