काठमाडौं । कर्णाली प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुदमा १५ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले सोमबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुदमा १५ करोड ६० लाख विनियोजन गरेको जनाएको छ ।
खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले राष्ट्रिय खेलकुद आयोजनाका लागि वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने जनाएको छ ।
यस्तै सबै जिल्लाका रंगशाला, कभर्ड हल र खेल मैदानमा खेलकुद कार्यक्रम आयोजनालाई अघि बढाउने तथा भौतिक पूर्वाधारको स्तरोन्नती र खेलाडीको वृति विकास कार्यकम संचालन गरिने जनाएको छ ।