काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटमा खेलकुदका पूर्वाधार निर्माण र स्तरोन्नतीलाई जोड दिएको छ ।
प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नती गर्ने कार्यलाई जोड दिएको छ ।
सुदुरपश्चिम सरकारले प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण र स्तरोन्नतीका लागि ६ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सक्ने गरि महेन्द्रनगर र धनगढी रंगशालाको स्तरोन्नती र संरचना सुधारका लागि १ करोड २० लाख छुट्टाईएको छ ।
मुख्यमन्त्री खेलकुद र अन्य खेलकुदका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै प्रदेश सरकारले प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति संचानल र फाप्ला क्रिकेट मैदानको डिपीआर निर्माणको प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।