काठमाडौं । प्रदेश नम्बर १ सरकारले नयाँ आर्थिक बर्षको बजेटमा खेलकुदका पूर्वाधार निर्माण र स्तरोन्नतीलाई जोड दिएको छ ।
प्रदेश सरकारले सोमबार नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै धरानमा खेलकुद ग्राम निर्माण गर्ने सहितको प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नती गर्ने कार्यलाई जोड दिने उल्लेख गरेको हो ।
यस्तै, खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा दिदै प्रदेश सरकारले खेलकुदका निर्माणाधीन पूर्वाधारको विकास र विस्तारको लागि ३० करोड बजेट बिनियोजन गरिएको जनाएको छ ।
यस्तै, सरकारले प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गर्दै प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरेको छ ।
प्रदेश सरकारले नयाँ आर्थिक बर्षमा विराटनगरको शहिद मैदानमा फ्रड लाईट निर्माणको काम सक्ने जनाएको छ ।