काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमितिको आपतकालिन बैठक भोलिका लागि आह्वान गरेको छ ।
सोमबारको आपतकालिन समितिको बैठक रद्ध भएसंगै एन्फाले कार्यसमितिको आपतकालिन बैठक भोलि दिउँसो बोलाएको हो ।
बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन समितिको बैठक स्थगित गरिएको थियो ।
नेम्बाङ्ग स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित भएका थिए ।
कुनै एक सदस्य अनुपस्थित रहेपछि आपतकालिन बैठकको निर्णय लागु नहुने एन्फा विधानमा व्यवस्था छ ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले बैठकमा कुनैपनि एजेण्डमा छलफल हुने बताए ।
'आपतकालिन बैठकमा एजेण्डा पठाउने हुदैन । अध्यक्षले जे प्रस्ताव गर्नुभयो, सोही बिषयमा छलफल हुनेछ ।' तुलाधरले खेलपाटीसंग भने ।
एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो ।
तर वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित रहेपछि बैठक स्थगित बनेको थियो ।