काठमाडौ । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग गरेको छ ।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैर नाफामुलक संस्था आईओएफटीसीले काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी ८ लाख रुपैयाँ अमेरिकाबाट पठाएको हो ।
समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ ।
सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेका छन् । सल्लाहकारमा मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले टिमका संयोजक ब्यञ्जनकारलाई सिंहदरबारमा चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले खेलाडीलाई राहत पुग्ने विश्वास ब्यक्त गरे ।
आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो ।
आईओएफटीसीका संस्थापक एवं निर्देशक दिवाकर महर्जनले काेराेनाकाे समस्या विश्वव्यापी भएकाले धेरै सहयोग गर्न नसकिएको बताउदै थोरै भएपनि खेलाडीलाई राहत पुग्ने विश्वास सहित सहयोग उपलब्ध गराएको बताए ।