एसियन गेम्स : बक्सिङका तेज पहिलो चरणमा पराजित
शनिबार, ०९ भाद्र २०७५खेलपाटी संवाददाता

फाइल तस्विर
काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत बक्सिङ स्पर्धामा नेपालका तेज बहादुर देउवा पहिलो चरणमै पराजित भएका छन् ।
शनिबार पुरुषको लाइट फ्लाई ४९ केजी तौल समूहमा तेज लाओसका खेलाडीसंग पराजित भए । तेजलाई लाओसका खाम्फुभान्स खाम्साथोनले अंकको आधारमा ३ - १ ले पराजित गरे ।
बक्सिङतर्फ नै शुक्रबार नेपालकी संगीता सुनार ५७ केजी तौल समूहमा पराजित भएकी थिइन् ।














-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)