एजेन्सी । अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।
'मेरो टिमको परिक्षण नकारात्मक रह्यो र ती सबै राम्रा स्वास्थ्यमा छन्,' मिकेलाले भनेकी छैन, 'तपाईहरुका लागि बक्सिङ फिर्ता लिनका लागि उत्सुक थिएँ तर म आफ्नो लागि, मेरो टिम, समर्थकहरु र विपक्षीका लागि निराश छु।'
मिकेलालाई कोरोना देखिएसँगै मंगलबार तय भएको उनको फाइट स्थगित गरिएको छ ।
२९ वर्षीय मिकेलाले मंगलबार नाइजेरियन खेलाडी हेलेन जोसेफसँग खेल्ने कार्यक्रम रहेको थियो ।