एजेन्सी । यूएफसी फाइटर कोनोर म्याकग्रेगरले सन्यास घोषणा गरेका छन् ।
आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार सन्यास घोषणा गरेका हुन् ।
फेदरवेट र लाइटवेटका पूर्व च्याम्पियन म्याकग्रेगरले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् ।
'मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । आश्चर्यजनक सम्झनाहरुका लागि सबैलाई धन्यवाद,' ट्वीटर म्याकग्रेगरले लेखेका छन् ।
म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् । यस अघि सन् २०१६ र १९ मा सन्यास घोषणा गरेपनि पुन: रिङमा फर्किएका थिए ।
म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ४ हार व्यहोरेका छन् ।