एजेन्सी । बास्केटबल लिजेण्ड प्याट्रिक ईविङलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सामाजिक संजालबाट एनबिए लिजेण्ड प्याट्रिकले आफुलाई कोरोनाको संक्रमण भएको बताएका छन् ।
'म सबैलाई शेयर गर्न चाहन्छु कि मलाई कोरोना पोजेटिभ देखिएको छ । यो भाईरस निकै गम्भीर छ । हल्का रुपमा नलिनुहोस्,' उनले ट्वीटरमा लेखेका छन्,'म सबैलाई घरमै रहन र आफ्नो ख्याल गर्न प्रोत्साहन गर्छु ।'
द न्युयोर्क निक्सका पूर्व खेलाडी प्याट्रिकले १७ सिजन एनबिए खेलेका थिए । उनी अहिले जर्जटाउन युनिभर्सिटीको पुरुष टिमका प्रशिक्षक रहेका छन् ।
११ पटकको अल स्टार प्याट्रिकले २ पटक ओलम्पिकमा अमेरिकालाई स्वर्ण दिलाएका थिए ।
उनले अहिले आफु सेल्फ आईसोलेसनमा बसेको समेत लेखेका छन् ।